मध्यपुर थिमिमा कांग्रेसको अग्रता

काठमाडौँ । मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ।

मध्यपुर थिमिको जारी मतगणनामा वडा नं १ को एक हजार २०० मत गणना भएकामा नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ६३९ मत प्राप्त गरी अग्रता लिएका छन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले ४३३ मत प्राप्त गरेका छन्। उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ४३०, नेकपा एमालेका उत्तरा नेपालले ५१० मत प्राप्त गरेका छन्।

त्यस्तै, वडाध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डङ्गोलले ६०३, नेकपा एमालेका कृष्णकुमार प्याथले ४३६ मत प्राप्त गरेका छन्। महिला सदस्यमा कांग्रेसका सरस्वती खड्काले ६०६, नेकपा एमालेका राधा हुमागाईंले ४६७, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियारले ५५५, एमालेका खुस्बु परियारले ५५५, खुला सदस्यमा कांग्रेसका कान्छाराम द्वारेले ५५७, नेकपा माओवादी केन्द्रका रमेश तामाङले ३१८, एमालेका श्याम प्रजापतिले ५५७ र सुरेश बुढाथोकीले ४७० मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *