धनकुटाको महालक्ष्मी नगरपालिकामा मतगणना सुरु
मकालु खबर
२०७९ वैशाख ३१ गते
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा मतगणना सुरु भएको छ । बिहान करिब ११ः३० बजेबाट मतगणना थालिएको हो
महालक्ष्मी नगरपालिकामा १२ हजार ३ सय ३१ जनाले मतदान गरेका छन् । कुल १८ हजार ४ सय ६० मतदाता रहेको महालक्ष्मीमा ६६.८० प्रतिशत मत खसेको हो ।
उक्त नगरपालिकामा नेकपा एमाले र गठबन्धनबीच मुख्य प्रतिस्पर्धा रहेको छ । महालक्ष्मी नगरको मेयरका लागि एमालेबाट दिपक बुढाथोकी र गठबन्धनको तर्फबाट कांग्रेसका ध्रुवराज रायबीच प्रतिस्पर्धा रहेको छ ।
उप–मेयरमा एमालेकी मञ्जु अधिकारी र गठबन्धनको तर्फबाट माओवादी केन्द्रका प्रेम खड्का उठेका छन् ।
मकालु खबर
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित