ललितपुरको दुई तहमा गठबन्धनको अग्रता, एकमा एमाले अगाडि

काठमाडौँ । ललितपुरका तीन गाउँपालिकामध्ये दुईमा सत्ता गठबन्धन (नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र)ले र एक तहमा नेकपा (एमाले)ले अग्रता लिएको छ।

बागमती गाउँपालिका–१ मा ७७९ मत गणना हुँदा प्रमुखमा कांग्रेसका वीरबहादुर लोप्चनले ४१७, एमालेका नवराज सञ्जेलले ३२२ मत र उपप्रमुखमा माओवादीका भक्तकुमार दर्लामीले ४०० र एमालेको नमूना दोङले २७२ मत प्राप्त गरेका छन्। कोञ्ज्योसोम गाउँपालिकामा गणना हुँदा एमालेका कृष्णमान लामाको ४४९, माओवादीका गोपीलाल सिङतानको ३७६ मत रहेको छ।

त्यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरेको ३०४ र एमालेको रणिता तामाङको पक्षमा २५२ रहेको छ। महाङ्काल गाउँपालिकामा ४०० मत गणना हुँदा कांग्रेसका गणेश केसीको २४३, नेकपा एमालेको कमला तामाङको १२१ मत र उपाध्यक्षमा माओवादीको डोल्मा लामाले २३३ र एमालेका पुरुषोतम हुमागाइँले १२१ मत ल्याएका हुन्।

हाल महाङ्काल गाउँपालिकामा भने मतगणना स्थगित भएको छ। त्यस्तै, महालक्ष्मी नगरमा भने मतगणना शुरू भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *