धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता
मकालु खबर
२०७९ वैशाख ३१ गते
कैलाली । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन् । एक सय मतगणना हुँदा हमालले ५५ मत पाएका छन् ।
यस्तै सत्तारूढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले २२, नेकपा एमालेका रणबहादुर चन्दले २ मत पाएका छन् । २१ मत बदर भएको छ।
धनगढीमा अहिले वडा नम्बर १ को मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा भने गठबन्धनबाट माओवादीका शान्ति अधिकारी अगाडि छन् । उनले ४० मत पाएकी छन् भने एमालेका कन्दकला रानाले १० पाएकी छन् । यस्तै आँप चिन्हकै स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले २० मत पाएका छन् ।
मकालु खबर
२०७९ वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित