बुटवल उपमहानगरको मेयरमा कांग्रेसको अग्रता

बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता लिएका छन् ।

१४ सय मत गणना भइसक्दा पाण्डेले ६०३ मत पाएका हुन् ।

पाण्डे गठबन्धनको तर्फबाट मेयरका लागि उम्मेदवार भएका हुन् । पाण्डेलाई पछ्याईरहेका राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत पाएका छन्, भने एमालेका उम्मेदवार बाबुराम भट्टराईको २३९ मत पाएका छन् ।

उपप्रमुखमा राप्रपाका भगवती पाण्डेले ३१९ मत पाएकी छन् । उनलाई पछ्याएकी एमालेकी सावित्रा अर्यालको २९४ मत पाएकी छिन् ।

गठबन्धनका तर्फबाट उपमयेरका उम्मेदवार बनेका चिनबहादुर गुरुङले २४३ मत पाएका छन् ।

बुटवल महानगरमा यसअघि एमालेले जितेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *