पोखरा महानगरमा गठबन्धनको अग्रता; एमाले पछिपछि, विवेकशीललाई शून्य मत

२०७९ जेठ १ गते

पोखरा । कास्कीको पोखरा महानगरपालिका २ सय गणना सकिँदा गठबन्धनकै अग्रता देखिएको छ।
पोखरा महानगरको मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यले ७६ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याउँदै एमालेका कृष्ण थापाले ७४ मत ल्याएका छन्। मेयरकै उम्मेदवार राप्रपाका शंकर खरालले ११ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उठेका ‘अटेरी’ खडकराज (गनेस) पौडेलले ७ मत ल्याएका छन्।
साथै, उपमेयरमा गठबन्धनबाटै काेपीला रानाभाटले ८३ मत प्राप्त गरेकी छन् भने उनलाई पछ्याउँदै एमालेकी मन्जु गुरुङले ८१ मत ल्याएकी छन्। उपमेयरमै राप्रपाकी रन्जनाकुमारी सेनले ११ मत प्राप्त गरेकी छन्।
त्यस्तै, विवेकशील साझाबाट पोखरा उपमहानगरको उपमेयरमा उम्मेदवारी दिएका माधव भण्डारीलाई भने २०० मत गणना हुँदासम्म एकै मत पनि नखसेको पाइएको हो।
मतगणना जारी छ।

२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित