कलैयामा गठबन्धनलाई उछिन्दै एमाले अगाडि

काठमाडौँ । बाराको कलैया उपमहानगरमा नेकपा एमाले अगाडी देखिएको छ । गठबन्धनका उम्मेदवारलाई उछिन्दै नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार विनोद साह अगाडी देखिएका हुन् ।

उपमहानगरको वडा नं १ र २ मा भइरहेको मतगणनामा एमालेका उम्मेदवार विनोद साहले एक हजार १७७ मत ल्याएका छन् भने प्रमुखमा गठबन्धनका साझा उम्मेदवार राजेश राय यादवले ६११ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी उम्मेदवार रौशन प्रवीणले ९५७ मत ल्याएकी छिन् भने गठबन्धन तर्फका उपप्रमुखका उम्मेदवार प्रमोद गुप्ताले ६०२ मत ल्याएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *