नेपालगञ्जमा कांग्रेसकाे अग्रता
मकालु खबर
२०७९ जेठ १ गते
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मतले अग्रता कायम गरेका छन् ।
राप्रपाका नन्दलाल बैश्यले एक हजार ३३ र नेकपा एमालेका पशुपतिदयाल मिश्रले ९६८ मत पाउनुभएको छ ।
उपप्रमुखमा जसपाका कमरुद्दीन राईले एक हजार ४४२, राप्रपाकी विन्दु चर्तीमगरले एक हजार ८४ र नेकपा एमालेकी शान्तिदेवी ढकालले ८८४ मत प्राप्त गरेका छन् । वडा नं २२ र २३ को मतगणना सकिएको छ । अहिले १, २, २० र २१ को मतगणना चलिरहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपालगञ्जमा रहेका ८१ हजार ७९४ मतदातामध्ये ६१ हजार २०५ मत खसेको थियो ।
मतगणना ढिलो भएको गुनासो आएपछि अहिले चार स्थानमा मतगणना सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिए ।
मकालु खबर
२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित