हेटौँडा उपमहानगरको मेयरमा राप्रपा, उपमेयरमा कांग्रेस अगाडि

२०७९ जेठ १ गते

फाइल फोटो
काठमाडौँ । चितवनको हेटौँडा उपमहानगरपालिकामा हालसम्म ९०२९ मत गन्दा मेयरमा राप्रपा उम्मेदवार दिपक सिंहले अग्रता लिएका छन्।
उपमहानगरको मेयरमा राप्रपा उम्मेदवारले हलो चिह्नमा २७१० मत प्राप्त गरी अग्रता लिएका हुन् भने एकीकृत समाजवादीका उम्मेदवार कलम चिह्नमा २६६९ मत ल्याई दोस्रो स्थानमा छन्। यस्तै, एमाले उम्मेदवारले सूर्य चिह्नमा २४३४ मत प्राप्त गरेका छन्।
साथै, उपमहानगरको उपमेयरमा भने नेपाली कांग्रेस अगाडि देखिएको छ। कांग्रेस उम्मेदवारले रूख चिह्नमा ३९८२ मत पाएका छन् भने कांग्रेसलाई पछ्याउँदै नेकपा एमालेले सूर्य चिह्नमा ३०१६ मत ल्याएका छन्।
तयस्तै, मेयरमा अग्रता लिएको राप्रपा उपमेयरमा भने पछाडि परेको हो। राप्रपाले उपमेयरका लागि हलो चिह्नमा जम्मा ८०३ मत ल्याएको हो।

२०७९ जेठ १ गते
प्रतिक्रिया
सम्बन्धित