डोल्पाको ठूलीभेरीमा कांग्रेस विजयी

२०७९ जेठ २ गते

सुर्खेत । डोल्पाको ठूलीभेरी नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ।
कांग्रेसका स्वर्णबहादुर बुढाले प्रमुखमा १ हजार २८६ भोट ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कर्णबहादुर रोकाया ९४५ भोट पाएका छन्। उपप्रमुखमा पनि कांग्रेसकै छिरिङ टोल्मा महतले ८४८ मत ल्याएर विजयी भएकी छन्।
उनका प्रतिद्विन्द्वी राप्रपाका निर्मल कुमार भण्डारीले ६८६ भोट ल्याएर पराजित भएको त्यहाँका निर्वाचन अधिकृत केशवराज चपाईंले जानकारी दिए।

२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित