डोटीमा कांग्रेसको विजय-र्यालीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

२०७९ जेठ २ गते

धनगढी । डोटीमा कांग्रेसको विजय र्यालीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
डोटीको पूर्विचौकी गाउँपालिका–४ सानागाउँमा से ००१–००२ त ४७९५ नं को ट्याक्टर दुर्घटना भएको हो। दुर्घटनामा पूर्वीचौकी गाउँपालिका–४ रिनकोटका १४ वर्षीय विक्रम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
पूर्विचौकी गाउँपालिकामा विजयी भएपछि नेपाली कांग्रेसले विजय र्याली निकालेको थियो ।

२०७९ जेठ २ गते
प्रतिक्रिया
सम्बन्धित