धादिङको रुबीभ्यालीमा गठबन्धनको जित

२०७९ जेठ ३ गते

काठमाडौँ । धादिङको रुबीभ्याली गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामसिंह तामाङ विजयी भएका छन्।
तामाङले दुई हजार ७९२ मत प्राप्त गरी आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गोम्बा घलेलाई हराएका हुन्। घलेले दुई हजार ५९७ मत प्राप्त गरेका छन्। यसैगरी, उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार फे लामा तामाङले दुई हजार ९०३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले दुई हजार १३२ मत प्राप्त गरेका छन्।
थोरै मतदाता भएका कारण छिटो मतगणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित