हुम्लाको सिमकोटमा माओवादीका भण्डारी विजयी

२०७९ जेठ ३ गते

काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
नेकपा (माओवादी केन्द्र)का विजय भण्डारी (प्रतिरोध) दुई हजार ८८२ मतसहित सो गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रबहादुर शाहीले भने एक हजार ९६९ मत ल्याएका छन्।
यसैगरी, नेपाली कांग्रेसका सुशीला रोकाया दुई ४७४ मतसहित उपाध्यक्षमा निर्वाचित भएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रतिमा लामाले भने एक हजार ४५७ मत ल्याएकी छन्।

२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित