आफैँलाई मत नदिने यी ८ उम्मेदवार

२०७९ जेठ ३ गते

साङ्केतिक तस्बिर
काठमाडाैँ । स्थानीय तहकाे निर्वाचनमा धनुषाको लक्ष्मीनिया गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका ८ उम्मेदवारले आफैँलाई मत नदिएकाे देखिएकाे छ ।
उनीहरूले १ मत पनि प्राप्त गरेका छैनन् । अध्यक्ष पदका लागि २५ जनाले उम्मेदवारी दिएकाेमा ८ जनाकाे शून्य मत देखिएकाे छ । उम्मेदवारी दिनेमध्ये १७ जना स्वतन्त्र थिए । स्वतन्त्र उम्मेदवारले नै आफैँलाई मतदान नगरेकाे देखिएकाे हाे ।

२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित