बाँकेको जानकी र बैजनाथमा मतगणना स्थगित

२०७९ जेठ ३ गते

काठमाडौँ । बाँकेको जानकी गाउँपालिका र बैजनाथ गाउँपालिकामा मतगणना कार्य रोकिएको छ।
जानकी गाउँपालिकामा मतगणनामा खटिएका कर्मचारीले मतपरिणाम लुकाएको भन्दै विवाद भएको हो। सो गाउँपालिकाका निर्वाचन अधिकृत वासुदेव शर्माले मतगणनामा विवाद भएकाले केहीबेरदेखि मतगणना रोकिएको जानकारी दिएका हुन्।
त्यस्तै, बैजनाथ गाउँपालिकामा पनि मतगणनामा विवाद भएकाले रोकिएको जिल्ला निर्वाचन अधिकारी रमा अर्यालले जानकारी दिइन्।

२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित