धनुषाको धनौजीमा कांग्रेस विजयी
काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका विजयी भएको छ।
अध्यक्षमा दुई हजार २६२ प्राप्त गरी राजकुमार साहले जित हासिल गरेका छन् भने उपाध्यक्षमा रामवतीदेवी मण्डल दुई हजार ४३० मतका साथ विजयी भएका हुन्। साहका प्रतिस्पर्धी लोपसाका जीवेन्द्र झाले दुई हजार १६२ तथा उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी लोसपाकै रञ्जितादेवी मण्डलले एक हजार ९०१ मत प्राप्त गरेका निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए। पाँच वडा रहेको सो गाउँपालिकामा १३ हजार ६८५ मतदाता छन्।
यसैगरी, धनुषाको जनकनन्दनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा तीन हजार १५८ मत प्राप्त गरी जसपाका दिपीनदेव यादव र उपाध्यक्षमा कांग्रेसका कमला सहगल दुई हजार ९९८ मतसहित निर्वाचित भएका हुन्। यादवले नेपाली कांग्रेसका सुदेशकुमार चौधरीलाई ३८० मतान्तरले पराजित गरेका छन् भने उपाध्यक्षमा सहगलले जसपाका गीता सुडीलाई १५८ मतान्तरले पराजित गरेका छन्।
६ वडा रहेको सो गाउँपालिकामा कूल १६ हजार ६३३ मतदाता रहेका छन्।