दैलेखका नारायण नगरमा एमाले निर्वाचित
मकालु खबर
२०७९ जेठ ३ गते
काठमाडौँ । दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।
एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरेका हुन्। प्रमुखमा निर्वाचित शर्माले पाँच हजार ४३६ मत प्राप्त गरेका छन् भने थापाले पाँच हजार ३५७ मत प्राप्त गरे।
उपप्रमुखमा एमालेको तप्ताकुमारी खड्काले गठबन्धनकै उम्मेदवार नेकपा (एकीकृत समाजवादी)को सावित्री मल्ललाई एक हजार ८३५ मतान्तरले पराजित गरेकी छन्। उपप्रमुखमा निर्वाचित खड्काले पाँच हजार ६७३ मत प्राप्त गरेकी छन्।
मकालु खबर
२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित