एनआईसी एशिया क्यापिटलद्वारा आईपीओ निष्कासनसम्बन्धी त्रिपक्षीय सम्झौता
काठमाडौँ । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा प्रवाहमा सहयकार्य गर्न त्रिपक्षीय सम्झौता गरेको छ । कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनादेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको कम्पनीले यस्तो सम्झौता गरेको हो ।
सोही सेवा अन्तर्गत पशुपति इन्भाईरोमेन्टल पावर कम्पनी (प्रालि) र पशुपति इन्भाइरोमेन्टल इन्जिनियरिङ्ग पावर कम्पनी (प्रालि) लाई संस्थागत परामर्श सेवा अन्तर्गत दुवै कम्पनीलाई एक आपसमा मर्ज गराउने, उक्त कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गरी आईपीओ जारी गर्ने चरणमा पु¥याउने र निकट भविष्यमा सर्वसाधारणमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) जारी गर्नुपर्ने साधारण शेयरको सार्वजनिक निष्कासन गर्ने गरी त्रिपक्षीय सम्झौता गरेको जनाएको हो ।
क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि कम्पनीलाई तत्तकाल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपीओ जारी गर्दा पूरा गर्नुपर्ने सम्पूर्ण कानूनी प्रक्रिया तथा तयार गर्नुपर्ने सम्पूर्ण कागजातको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथाशीघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाउन महत्वपूर्ण योगदान प्रदान गर्दै आइरहेको जनाएको छ ।