सुर्खेतको गुर्भाकोटमा दोहोरिए कांग्रेसका पुन र मैना

२०७९ जेठ ३ गते

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिकामा पुरानै मेयर, उपमेयर निर्वाचित भएका छन्।
काग्रेस उपसभापति पूर्णबहादुर खड्काको गृह नगरमा योपटक पनि नेपाली कांग्रेसले नै जितेको हो। कांग्रेसका निवर्तमान मेयरसमेत रहेका हस्त पुनले ११ हजार ९७८ मत ल्याएर विजयी भएका हुन् भने १० हजार १८६ मत पाएका नेकपा एमालेका तिलकबहादुर खत्रीले पराजित भए।
उपप्रमुखमा कांग्रेसकै मैना विक विजयी भएकी छन्। उनले ११ हजार ७४३ मत ल्याउँदा उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी शुसिला कुमारी विश्वकर्माले १० हजार २९९ मत पाइन्।
यो नगरपालिकामा १४ वटा वडामध्ये २ देखि ९ तथा वडा नं १३ र १४ मा कांग्रेस विजयी भएको छ। एमालेले वडा नं १, १० र ११ मा जीत हात पारेको हो।

२०७९ जेठ ३ गते
प्रतिक्रिया
सम्बन्धित