मोरङ केराबारीको प्रमुख-उपप्रमुखमा एमाले विजयी

२०७९ जेठ ४ गते

विराटनगर । मोरङको केराबारी गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ।
केराबारी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका सुमन मिरिङचिङ विजयी भएका हुन्। उनले ७८१० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका रोहितकुमार कार्कीले ६३९० प्राप्त गरे।
त्यस्तै, उपाध्यक्षमा पनि एमाले नै विजयी भएको छ। एमालेकी मनमायाँ मगरले ७२६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी शुभद्रा राईले ६४२८ मत मात्र प्राप्त गरेकी छन्।

२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित