स्मार्टच्वाइस टेक्नोलोजिज र सेलपेबीच स्मार्ट क्यूआर भुक्तानी सम्झौता

काठमाडौँ । भुक्तानी प्रणाली सेवा प्रदान गर्दै आएको स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड तथा भुक्तानी सेवा प्रदायक कम्पनी सेलकम प्रालि (सेलपे) बीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा सञ्चालनको सम्झौता भएको छ ।

हालै स्मार्टच्वाईस टेक्नोलोजिजको गैरीधारास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमकाबीच स्माटच्वाईस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र सेलपेका प्रमुख कार्यकारी अधिकृत सार्थक क्षेत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार, सेलपे प्रयोगकर्ताले सेलपे मार्फत स्मार्ट क्यूआर मर्चेन्टहरुमा भुक्क्तानी गर्न सक्छन् भने सेलपे मार्फत विभिन्न व्यापार—व्यवसायमा संलग्न व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा लिन सक्ने छन् । इएमभि स्ट्याण्डर्डमा जारी गरी फाइनेन्सियल स्वीच मार्फत कारोबारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहन्छ ।

विगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आइरहेको स्मार्टच्वाईस टेक्नोलोजिज र नेपाली वालेट प्रयोगकर्ता माझ लोकप्रिय सेलपेबीच भएको यो सहकार्यले भुक्तानी क्षेत्रको समग्र विकासमा थप योगदान पुग्ने कम्पनीहरुले बताएका छन् ।

सन् २००१ मा स्थापित, एससिटी र एसिटी–नेटवर्क को रुपमा चिनिन्ने स्मार्ट च्वाइस टोक्नोलोजी लिमिटेड, नेपाल राष्ट्रिय बैंक अन्तर्गत लाइसेन्स प्राप्त भुक्तानी सेवा अपरेटर (पिएसओ) हो ।

एससिटीले नेपालका अधिकांश वाणिज्य बैंकहरू, विकास बैंकहरू, पिएसपि (पेमेण्ट सर्भिस प्रोभाइडर) र अन्य वित्तीय संस्थाहरूलाई विभिन्न कार्डहरू र भुक्तानी प्लेटफर्महरू उपलब्ध गराउँछ । एससिटीले आफ्ना सेवाहरू र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेसर र योजनाहरू (युनियन पे इन्टरनेस्नल,पल्स नेटवर्क, र एफएसएस आदि) सँग रणनीतिक गठबन्धनमा पनि प्रवेश गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *