मोरङ कटहरीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

२०७९ जेठ ४ गते

विराटनगर । मोरङलो कटहरी गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
नेपाली कांग्रेसका देवराज चौधरी गाउँपालिकाको अध्यक्षमा ६५६५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनलाई पछ्याउँदै नेकपा एमालेका सुभाषकुमार सरदारले ५६८२ मात्र मत ल्याएका छन्।
त्यस्तै, उपप्रमुखमा नेकपा एमालेका सितादेवी राजवंशी विजयी भइन्। उनले ५८४८ मत प्राप्त गर्दा नेपाली कांग्रेसको मन्जिताकुमारी सरदारले ५७०५ मत प्राप्त गरिन्।

२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित