देउखुरीको गढवामा गठबन्धन विजयी

२०७९ जेठ ४ गते

काठमाडौँ । दाङको देउखुरीस्थित गढवा गाउँपालिकाको अध्यक्षमा गठबन्धन विजयी भएको छ।
गढवाको अध्यक्षमा गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल ६ हजार ९०९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सर्वजित डीसीले ६ हजार १६७ मत ल्याएका छन्।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी शारदाकुमारी चौधरीले पाँच हजार ८८१ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका सीताकुमारी चौधरीले चार हजार ८३० मत ल्याएकी हुन्।

२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित