एमाले नेता लेखराज भट्टका भाइ दोस्रोपटक मेयरमा पराजित

२०७९ जेठ ४ गते

काठमाडौँ । नेकपा एमालेका सचिव लेखराज भट्टका भाइ गोकर्ण भट्ट कैलालीको गोदावरी नगरपालिकाको मेयरमा पराजित भएका छन्।
२०७४ सालको चुनावमा माओवादीबाट मेयर उठ्दा हारेका भट्ट यसपटक एमालेबाट प्रतिस्पर्धामा उत्रिँदा पनि पुनः पराजित भएका छन्। अघिल्लो निर्वाचनमा एमालेका उम्मेदवार हरि सिंह साउद गोदावरीको मेयर निर्वाचित हुँदा भट्ट तेस्रो स्थानमा आएका थिए।
योपटक एमालेबाट उठ्दा पनि उनले मेयरमा बाजी मार्न सकेनन्।

२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित