धनगढीको मतगणना स् आधा मत हमाललाई, आधा अन्यलाई

धगनढी । धनगढीको एक मात्रैै उपमहानगरपालिका धनगढीमा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बुधबारसम्म बेलुका ५ बजेसम्मको सार्वजनिक मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले १२ हजार ३०४ मत प्राप्त गरेका छन् ।

हालसम्म २६ हजार ४१९ मत गणना भएको छ । यसअनुसार हमालले गणना भएको मतमध्ये आधा मत आफ्नो पक्षमा पार्न सफल भएका छन् । गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ५ हजार ८९२ ल्याएका छन् भने नेकपा एमालेका रणबहादुर चन्दले २ हजार ७५२ मत पाएका छन् । हमाल र वडबीच ६ हजार ४१२ मतान्तर पुगको छ ।

यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५ हजार ३०९ मतसहित अग्रता कायम गरेकी छन् भने एमालेकी कन्दकला रानाले ४ हजार ७ सयसहित अधिकारीलाई पछ्याइरहेकी छन् । आँप चिन्हबाट चुनाव लडेका स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ३ हजार १५९ मत पाएका छन् ।

धनगढीमा अहिलेसम्म वडा नम्बर १, २, ३, १८ र १९ को मतगणना सम्पन्न भएको छ । अहिले ४, ५, १६ र १७ नम्बर वडाको मतगणना भइरहेको छ । धनगढीमा ९३ हजार १५१ मतमध्ये ६३ हजार ७१५ मत खसेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *