जजिरा एयरले घोषणा गर्यो भैरहवा–कुबेत सातामा ३ उडान तालिका

काठमाडौँ । कुबेतको लगानी रहेको एयरलइन्स कम्पनी जजिरा एयरले नेपालको गौतमबुद्ध विमानस्थबाट हवाई सेवा सुरु गरेको घोषणा गरेको छ । काठमाडौँमा बुधबार एक कार्यक्रमको आयोजना गरी कम्पनीले यस्तो घोषणा गरेको हो । एयरलाइन्सले सुरु गरेको यो सेवामार्फत नेपालको दक्षिण पश्चिम क्षेत्रमा रहेका नेपालीलाई मध्येपूर्व र युरोपेली देशका आफन्तसँग जोडिन सहज बनाउने बताएको छ ।

जजिरा एयरले नेपालमा सुरु गरेको यो दोस्रो सेवाले देशको तराई क्षेत्रमा हवाई यात्रा गर्न चाहनेका लागि पनि सहज बनाउने जनाएको छ ।

घोषणा कार्यक्रममा जजिरा एयरका सेल्स हेर्ने उपाध्यक्ष रवीन्द्रन भारथनले जजिरा एयरवेजले आफ्नो सेवा सञ्जाल विस्तारमा निरन्तर काम गरिरहेको बताए ।

खास गरी कुवेतमा रहेका प्रवासीहरुका लागि नेपालको डाइरेक्ट उडानले सहज हुने बताए । त्यस्तै कुबेत हुँदै बुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि नेपालमा आउने पर्यटकका लागि पनि सहज हुने बताए ।

कार्यक्रममा अन्तर्राष्ट्रिय ट्राभल सोसाइटीका अध्यक्ष रवीचन्द्र सिंहले त्रिभुवन विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको भन्दै यो विमानस्थलको सेवाले नेपालको बौद्ध पर्यटनमा समेत सहयोग गर्ने बताए ।

एयरलाइन्सले आइतबार, मंगलबार र बिहीबार कुबेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने भएको छ । त्यस्तै, सोमबार, बुधबार र शुक्रबार गौतमबुद्धविमानस्थलबाट कुबेत उडान गर्ने घोषणा गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *