हेटौँडा उपमहानगरको ताजा मतपरिणाम

२०७९ जेठ ४ गते

काठमाडौँ । हेटौँडा उपमहानगरपालिकाको मतगणनाको पछिल्लो परिणाम अनुसार ३७ हजार ९९४ मत गनिसक्दा प्रमुख पदमा गठबन्धनले पकड लिएको छ।
गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मीना लामाले ११ हजार ८७९ मत, राप्रपाका दीपकबहादुर सिंहले ११ हजार ४५ मत र नेकपा (एमाले)का अनन्त पौडेलले १० हजार ७४४ मत प्राप्त गरेका छन्।
यसैगरी, उपप्रमुख पदमा गठबन्धनका नेपाली कांग्रेसका राजेश बानियाँले १६ हजार ९६७ मत, एमालेकी सुमित्रा काफ्लेले ११ हजार ८९५ मत, राप्रपाकी इन्दिरा न्यौपानेले दुई हजार ७७८ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ।

२०७९ जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित