कैलारीमा कारबाहीमा परेका कांग्रेसका चौधरी विजयी

काठमाडौँ । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजसमझ चौधरी विजयी भएका छन् । उनी गठबन्धनका आधिकारिक उम्मेदवार माओवादीका लाजुराम चौधरीलाई ४ हजार बढीको मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

लाजुराम निर्वतमान गाउँपालिका अध्यक्षसमेत हुन् । राजसमझले १० हजार ४ सय ९२ मत प्राप्त गरे भने लाजुरामले ६ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा कांग्रेसकी भागवतीकुमारी चौधरी विजयी भएकी छन् । उनले १० हजार ४ सय ८४ मत ल्याएर निर्वतमान उपाध्यक्ष माओवादीकी लक्ष्मी सत्गौवा थारुलाई पराजित गरेकी हुन् । सत्गौवाले ६ हजार ४ सय ७७ मत प्राप्त गरिन् ।

कैलारी गाउँपालिका १ देखि ९ वडासम्म कांग्रेसका प्यानल नै जितेको छ । अध्यक्षमा विजयी भएका राजसमझ चौधरी सत्तासाझेदार गठबन्धनको कारबाहीमा परेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *