१० पटक लगातार चुनाव जितेका नरसिंह ११औँ पटक भतिजसँग पराजित

२०७९ जेठ ५ गते

काठमाडौँ । ललिलतपुर महानगरपालिकाको वडा नं १० मा लगातार १० पटकसम्म वडाध्यक्ष चुनिएका नरसिंह व्यञ्जनकार ११औँ पटकमा पराजित भएका छन्।
नरसिंह व्यञ्जनकार यसअघिसम्म लगातार १०औँ पटकसम्म वडाध्यक्षमा दोहोरिँदै आएका थिए। तर, यसपटकको चुनावमा भने उनी उनी दोस्रो दाबेदार मात्र हुन सके। उनलाई नेपाली कांग्रेसका रविनमान व्यञ्जनकारले हराएका हुन्। रविनमानले जम्मा ८२५ मत ल्याउँदै गर्दा उनले मात्र ५४३ मत ल्याएका हुन्।
नरसिंहले २०२९ सालमा पहिलोपटक वडाध्यक्षमा आफ्नै भाइ (माइलाबाका छोरा) कर्मलाल व्यञ्जनकारलाई पराजित गरेका थिए। ८१ वर्षीय नरसिंह व्यञ्जनकारलाई यसपटक हराउने कांग्रेसका रविनमान नाताले उनकै भतिज पर्ने हुन्।

२०७९ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित