सुर्खेतको भेरीगंगामा एमाले विजयी

२०७९ जेठ ५ गते

काठमाडौँ । सुर्खेतको भेरीगंगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेले विजय हासिल गरेको छ।
भेरीगंगामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका यज्ञप्रसाद ढकाल निर्वाचित भएका हुन्। नगर प्रमुखमा विजयी भएका उनले १० हजार २२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामबहादुर सिंहले ९ हजार ७९७ मत प्राप्त गरेका छन्।

२०७९ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित