विष्णुपुरको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस निर्वाचित

२०७९ जेठ ५ गते

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार उमेशप्रसाद यादव विजयी भएका छन्।
यादवले तीन हजार १६४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान गाउँपालिका अध्यक्ष लिलम्बर यादवले दुई हजार ८११ मत प्राप्त गरेका छन्। यस्तै, उपाध्यक्षमा नेपाली कांग्रेसका रेणुकुमारी मण्डलले तीन हजार ३६५ मत प्राप्त गरी निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका उम्मेदवार उषाकुमारी साहले तीन हजार ४६ मत प्राप्त गरेकी छन्।

२०७९ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित