झापाका ५ पालिकाको परिणाम सार्वजनिक

२०७९ जेठ ५ गते

विराटनगर । झापाका ५ पालिकाको परिणाम सार्वजनिक भएको छ।
पाँच पालिकामध्ये नेकपा एमाले दुई पालिकामा विजयी हुँदा नेपाली कांग्रेसले पनि दुई पालिकामा विजय हासिल गरेको छ। एक पालिका राप्रपाले जितेको निर्वाचन आयोगले जनाएको छ। कन्काई नगरपालिकामा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल निर्वाचित हुँदा बाह्रदशी गाउँपालिकामा देविन्द्रप्रसाद चौलागाईं विजयी भएका छन्।
त्यस्तै, नेपाली कांग्रेसले भद्रपुर नगरपालिकासहित कचनकवल गाउँपालिकामा कालेन्द्रप्रसाद सिंह राजबंशी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। झापामा यसअघि जितेको बाह्रदशी गाउँपालिका राप्रपाले सुरक्षित राखेको छ। राप्रपाका रविन्द्रप्रसाद लिङ्देन निर्वाचित भएका छन्।

२०७९ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित