धरानमा स्वतन्त्र उम्मेदवार साङपाङ गठबन्धनभन्दा २४५ मतले अगाडि

२०७९ जेठ ५ गते

विराटनगर । सुनसरीको धरान उप–महानगरपालिकामा स्वतन्त्र उम्मेदवारले २ सय बढी मतले अग्रता कायम गरेका छन्। स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रतालाई कायम गरेका हुन्।
चुनाव चिह्न लौरोका साङपाङले गठबन्धनको उम्मेदवार कांग्रेसका किशोर राईभन्दा २४५ मतको अन्तरमा अग्रता लिएका हुन्। पछिल्लो मतपरिणाम अनुसार साङपाङले ९३७३ मत ल्याउँदा काँग्रेसका राईले ९१२८ मत मात्रै ल्याएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा मेयर र उपमेयर जितेको एमाले भने तेस्रो स्थानमा छ। एमालेकी मञ्जु भण्डारी सुवेदीले ७३४९ मत ल्याएकी छन्।
उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १०२६६ मत ल्याएर अग्रता कायम राखेका छन्। एमालेका पदम इस्बो लिम्बुले ९८३१ मत ल्याएर पछ्याइरहेका छन्।

२०७९ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित