२४०५८ मतसहित बालेन शाह शीर्ष स्थानमा (पछिल्लो मतपरिणामसहित)

२०७९ जेठ ५ गते

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका विभिन्न वडामा मतगणना जारी छ।
काठमाडाैँ महानगरपालिकाको मेयरमा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले निरन्तर रूपमा अग्रता कायम राखेका छन्। पछिल्लाे जानकारीअनुसार उनी २४०५८ मतसहित शीर्ष स्थानमा रहेका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित १२९९५ मतसहित दाेस्राे स्थानमा रहेका छन् भने उनी शाहभन्दा ११०६३ मतले पछाडि छन्।
साथै, नेपाली कांग्रेसकी सिर्जना सिंह ११९५९ मतसहित तेस्रो स्थानमा छिन्।
उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल २४१०१ मतका साथ अग्रस्थानमा छिन् भने उनलाई एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७६७० मतसहित पछ्याइरहेका छन्। तेस्रो स्थानमा राप्रपाकी बिनिता मगैयाले ५३५२ मत प्राप्त गरेकी छन्।
हाल काठमाडौँ महानगरका ६, ७, ८, २८, २९, ३०, ३१ र ३२ नं वडामा मतगणना जारी छ।

२०७९ जेठ ५ गते
प्रतिक्रिया
सम्बन्धित