विजय जुलुशमा घाइते भएका सहनीको मृत्यु

विराटनगर । सुनवर्षी नगरपालिकामा विजय जुलुश मनाउने क्रममा ट्याक्टर दुर्घटनामा परी घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ। बिहीवार दिउँसो सुनवर्षी नगरपालिका वडा नम्बर ६ सिटौला टोलमा ट्याक्टर दुर्घटना भएको थियो ।

को २ च १४३७ नम्बरको ट्याक्टर दुर्घटनामा १३ जना घाइते भएका थिए । घाइतेमध्ये ४० वर्षीय राजकुमार सहनीको उपचारका क्रममा मृत्यु भएको हो । उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

सुनवर्षी नगरपालिकामा एमालेबाट मेयर र उपमेयरमा निर्वाचित भएका श्याम राजवंशी र मिरादेवी दास केवरतसहित निर्वाचित जनप्रतिनिधिसहितको टोली विजय जुलुशमा सहभागी थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *