पोखरा महानगर मेयरमा ३४२२, उपमेयरमा मात्र ८४ मतको अन्तर

२०७९ जेठ ६ गते

पोखरा । पोखरा महानगरपालिकामा ७२ हजार ९१८ मत गणना हुँदा गठबन्धनले अग्रता कायम राखेको छ।
पछिल्लो मतपरिणामअनुसार मेयरमा गठबन्धन (नेकपा एकीकृत समाजवादी)का उम्मेदवार धनराज आचार्य २९८०७ मतसहित अगाडि छन्। गठबन्धनका आचार्यलाई पछ्याउँदै नेकपा एमालेका कृष्ण थापाले २६३६५ मत प्राप्त गरेका छन्। आचार्य भन्दा थापा ३४२२ मतले पछाडि छन्।
उपमेयरमा नेपाली कांग्रेसकी कोपिला रानाभाट ३०२६० मतसहित अग्रस्थानमा छिन् उनलाई पछ्याउँदै एमालेकी मन्जु गुरुङले ३०१७६ मत ल्याएकी छन् भने गुरुङलाई पछ्याउँदै राप्रपाकी रन्जना कुमारी सेनले २२२१ मत प्राप्त गरेकी छन्। दुईबीच मात्र ८४ मतको अन्तर छ।
मतगणना जारी छ।

२०७९ जेठ ६ गते
प्रतिक्रिया
सम्बन्धित