हेटौँडामा हेभिवेट एमाले उम्मेदवारलाई उछिन्दै मीनाकुमारी बनिन् प्रथम उपमहानगर मेयर

२०७९ जेठ ७ गते

काठमाडौँ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले पहिलोपटक महिला मेयर पाएको छ।
नेकपा एकीकृत समाजवादीबाट हेटौँडा उपमहानगरको मेयरमा उम्मेदवारी दिएकी मीनाकुमारी लामा २३ हजार ६७ मतसहित विजयी भएकी हुन्। यो जितसँगै समाजशास्त्रमा एमए गरेकी मीनाकुमारी लामा उपमहानगरको मेयर सम्हाल्ने प्रथम महिला बनेकी हुन्।
यसअघि, महानगरपालिकाको प्रमुख र उपप्रमुखमा महिलाहरूले नेतृत्व गरेको भए पनि उपमहानगर प्रमुखमा भने महिला आउन सकेका थिएनन्। हेटौँडाका नेकपा एमालेका ‘हेभिवेट’ उम्मेदवार अनन्त पौडेललाई पराजित गरी मीनाकुमारी मेयर निर्वाचित भएकी हुन्। एमालेका अनन्त पौडेलले २० हजार ९ सय ८ पाएका हुन्।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन्।

२०७९ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित