कैलालीको जानकीमा नागरिक उन्मुक्ति पार्टीका चौधरी निर्वाचित

२०७९ जेठ ७ गते

काठमाडौँ । कैलालीको जानकी गाउँपालिकाको अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीबाट गणेश चौधरी विजयी भएका छन्।
गाउँपालिकाको अध्यक्षमा निर्वाचित चौधरीले सात हजार १५१ मत प्राप्त गरी जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतोले पाँच हजार २४२ मत तथा नेकपा (एमाले)का टङ्कबहादुर बमले चार हजार २४१ मत पाएका छन्।
त्यसैगरी, उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया छ हजार ५२६ मतसहित निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेकी गीता चौधरीले चार हजार पाँच मत ल्याउँदा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का जयप्रकाश दहितले चार हजार ५४८ मत प्राप्त गरेका छन्।

२०७९ जेठ ७ गते
प्रतिक्रिया
सम्बन्धित