क्षीरेश्वरनाथको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

धनुषा । क्षीरेश्वरनाथ नगरपालिकामा प्रमुखमा नेकपा (एमाले) र उपप्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको छ । प्रमुखमा एमाले सुखदेव यादवले कांग्रेसका उम्मेदवार योगेन्द्र पजियारलाई ६१३ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेका हुन् ।

यादव कुल सात हजार ९१३ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी पजियारले सात हजार ३०० मत मात्र प्राप्त गरेका छन् । उपप्रमुखमा कांग्रेसकी उम्मेदवार रचना श्रेष्ठ माथेमाले दोस्रो कार्यकाल लागि पुनः निर्वाचित भएका छन् । उनले सात हजार ५५० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार सालिनी चौधरीले सात हजार ५११ मत प्राप्त गरेकी छन् ।

यस क्षीरेश्वरनाथका १० वडामध्ये आठ वडाध्यक्ष र उपप्रमुखसहित कांग्रेसका उम्मेदवारले जित्न सफल भए पनि दुई वडा र नगरप्रमुख पदमा एमाले जित निकाल्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *