पोखरा महानगरको मेयरमा गठबन्धनका धनराज आचार्यको अग्रता कायमै

२०७९ जेठ ८ गते

पाेखरा । कास्कीको पाेखरा महानगरपालिकामा हालसम्म ११२५८० मत गणना हुँदा गठबन्धनले आफ्नो अग्रता कायमै राखेको छ।
पोखरा महानगरको मेयरमा गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्यले ४५०२७ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापाले ४१५९० मत पाएका छन्। त्यस्तै, राप्रपाका शंकर खरालले ४९८७, स्वतन्त्र उम्मेदवार गनेस पाैडेलले २७५९ छन्।
साथै, उपमेयरमा नेपाली कांग्रेसकी काेपिला रानाभाटले ४४९६४ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्जु गुरुङले ४७३२४ मत प्राप्त गरेकी छन्। त्यस्तै, राप्रपाकी रन्जना सेनले ४९२७ मत पाएकी छन्।

२०७९ जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित