नेपालमा पहिलोपटक ‘अफ्रिकन स्वाइन फिभर’ भेटियो
मकालु खबर
२०७९ जेठ ८ गते
काठमाडौँ । नेपालमा पहिलोपटक ‘अफ्रिकन स्वाइन फिभर’ नामक भाइरस भेटिएको छ।
भक्तपुरको चाँगुनारायण क्षेत्र, काठमाडौँका कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा, दक्षिणकाली र ललितपुरको गोदावरी नगरपालिका-१२ मा फैलिएको संक्रमणका कारण हालसम्म १ हजार १९ वटा सुँगुरको मृत्यु भइसकेको बताइएको छ।
१ हजार ४ सय २६ वटा शंकास्पद र १ हजार ३ सय ६४ वटा बिरामी फेला परेका छन्। बर्ड फ्लुजस्तै प्रकृतिको यो घरपालुवा सुँगुर, बंगुर तथा जंगली बंदेल प्रजातिमा देखा पर्ने भाइरस हो। यो रोग पशुबाट मानिसमा भने सर्दैन।
मकालु खबर
२०७९ जेठ ८ गते
प्रतिक्रिया
सम्बन्धित