विश्व आइस हक्की सङ्घको बैठकमा नेपाल सहभागी हुने

२०७९ जेठ ९ गते

काठमाडौँ । विश्व आइस हक्की सङ्घको बैठकमा नेपालले पनि सहभागिता जनाउने भएको छ।
नेपाल आइस हक्की सङ्घका अध्यक्ष भुवन पाठकको नेतृत्वमा एक प्रतिनिधिमण्डल विश्व आइस हक्की सङ्घको फिनल्याण्डमा यही जेठ ११ देखि १६ गतेसम्म हुने बैठकमा भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ। ७८ देशका प्रतिनिधि सहभागी हुने उक्त बैठकमा अध्यक्ष पाठकले नेपालले त्यस क्षेत्रमा गरेका प्रगतिका साथै आगामी दिनमा गर्ने कार्ययोजनाबारे जानकारी गराइनेछ।
प्रतिनिधिमण्डलले नर्वे र डेनमार्कस्थित आइस हक्की सङ्घका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम छ। उक्त प्रतिनिधिमण्डल यही जेठ २० गते स्वदेश फर्कनेछ।

२०७९ जेठ ९ गते
प्रतिक्रिया
सम्बन्धित