सिरहाको गोलबजारमा एमाले विजयी
मकालु खबर
२०७९ जेठ १० गते
काठमाडौँ । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा (एमाले) विजयी भएको छ।
आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा एमालेका श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा पनि एमालेकै मान्ती साह विजयी भएका छन्। श्रेष्ठ सात हजार ९०८ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देवनाथ साहले पाँच हजार ७०१ मत प्राप्त गरेका छन्। उपप्रमुखमा निर्वाचित साहले सात हजार ७०३ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार रेशमकुमारी थापाले पाँच हजार ६४३ मत प्राप्त गरेकी छन्।
कूल १३ वडा रहेको गोलबजारको छ वडामा एमाले, तीन वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुई–दुई वडामा विजयी भएका छन्। यससँगै, सिरहाको १७ स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो।
मकालु खबर
२०७९ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित