पोखरा १८ मा एमालेले गर्यो ९ मत नपुगेको दाबी; पुनः गणनाको माग

२०७९ जेठ १० गते

पोखरा । पोखरा महानगरपालिका वडा नं १८ मा ९ मत नपुगेकाे भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ।
वडामा नेपाली कांग्रेसका उम्मेदवार शिव तिमिल्सिना ३ मतको अन्तरले विजयी भइरहँदा नेकपा एमालेले मत सङ्ख्या ४३४८ हुनुपर्नेमा ४३३९ मात्रै भएको भन्दै पुनः मतगणना गर्नुपर्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा निवेदन दिएको हो।
नेकपा एमालेका तर्फबाट वडाको अध्यक्ष पदमा पुष्कल थापा उम्मेदवार उठेका थिए।

२०७९ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित