सिंहदरबारमा माओवादी केन्द्र संसदीय दलको बैठक शुरू

२०७९ जेठ १० गते

काठमाडौँ । सिंहदरबारमा नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक केहीबेर अघि मात्र शुरू भएको छ।
सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल गर्न संसदीय दलको बैठक आह्वान गरिएको हो। आज मंगलबार बस्ने प्रतिनिधिको बैठकमा सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले वाचन गर्ने नीति तथा कार्यक्रम मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकबाट पारित भइसकेको छ।
नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटका विषयमा साझा धारणा निर्माण गर्न माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको हो।

२०७९ जेठ १० गते
प्रतिक्रिया
सम्बन्धित