नेपाललाई विदेशी चलचित्र छायाँकनस्थलका रूपमा विकास गर्ने सरकारको नीति

२०७९ जेठ ११ गते

काठमाडौँ । नेपाल सरकारले नेपाललाई विदेशी चलचित्रको छायाँकनस्थलका रूपमा विकास गरिने बताएको छ।
सरकारले विदेशी चलचित्र छायाँकनका लागि आकर्षकस्थलको रूपमा विकास र प्रवर्द्धन गर्ने भएको छ। हिजो मंगलबार सरकारद्वारा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यस्तो विषय समेटिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘नेपाललाई विदेशी चलचित्र छायाँकनको लागि आकर्षक स्थलको रूपमा विकास र प्रवर्द्धन गरिनेछ। नेपालमै सुरक्षण मुद्रणको कार्य प्रारम्भ गर्न आधुनिक प्रविधिको उपयोग र क्षमता विस्तार गरिनेछ।’
सरकारले नेपालको कला, संस्कृति र भौगोलिक विविधता तथा सुन्दरताको प्रचारप्रसार गर्न चलचित्रलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने पनि बताएको छ।

२०७९ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित