तीन पालिका प्रमुख जितेर चितवनमा एमाले बन्यो पहिलो शक्ति

चितवन । चितवनमा ३ पालिका प्रमुखसहित २४२ सिट जितेर नेकपा एमाले पहिलो शक्ति बनेको छ । दुई पालिका प्रमुखसहित २०३ सिट जितेर नेपाली कांग्रेस चितवनको दोस्रो शक्ति बनेको छ । एक महानगर प्रमुखसहित ३६ सिट जितेर नेकपा माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ ।

यस्तै एक पालिका प्रमुखसहित ९ सिट जितेर नेकपा एकीकृत समाजवादीले चौंथो स्थान लिएको छ । चितवनमा रहेका सात पालिकामा ५०४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् ।

एमालेले तीन पालिका प्रमुखसहित २४२ उमेदवारलाई विजयी गराउन सफल भएको छ । चितवनको सात पालिकामध्ये माडी नगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा एमालेले प्रमुख जितेको छ । एमालेका पालिका प्रमुखदेखि सदस्यसम्म गरी २४२ जनप्रतिनिधि निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसले रत्ननगर र खैरहनीमा पालिका प्रमुख जितेको छ । नेपाली काँग्रेसका २०३ जना उमेदवार निर्वाचित भएका हुन् । माओवादी केन्द्रले भरतपुर महानगरसहित ३६ जना उमेदवारलाई निर्वाचत गराउन सफल भएको छ । एकीकृत समाजवादीका राप्ती नगर प्रमुखसहित ९ जना उमेदवारलाई निर्वाचित गराएको छ ।

सात पालिकामा एमालेका ३ जना प्रमुख र ४ जना उपप्रमुखमा निर्वाचित भएका छन् । यसैगरी काँग्रेसबाट प्रमुखमा २ र उपप्रमुखमा ३ जना आएका छन् । माओवादी केन्द्र र एकीकृत समाजवादीले एक/एक जना प्रमुख पाएका छन् ।

वडाध्यक्षमा काँग्रेस बलियो

चितवनका ९८ वडामध्ये काँग्रेसले ४० वडामा वडाध्यक्ष जितेको छ । नेकपा एमालेले ३६ वडामा वडाध्यक्ष जितेको छ । माओवादीले ११ वडामा अध्यक्ष जितेको छ भने समाजवादीले ६ वटा वडामा वडाध्यक्षमा विजय हासिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *