राहदानी विभागमा सेवाग्राहीको चाप; आइतबार पनि खुल्ने

२०७९ जेठ १२ गते

काठमाडौँ । सरकारले शनिबार र आइतबार हप्ताको दुई दिन बिदा हुने भनी गरेको निर्णयको अधिकांश सरकारी कार्यालयमा कार्यान्वयन भए पनि सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले सार्वजनिक बिदाको दिन, आइतबार पनि कार्यालय खोल्ने भएको छ।
सरकारले हालै सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिन थालेपनि राहदानी विभाग भने पूर्ववत् रूपमै चल्ने भएको हो। विभागले एक सूचना जारी गर्दै सेवाग्राहीको चाप उल्लेखनीय रूपमा बढिरहेकोले सार्वजनिक बिदाको दिन समेत राहदानी सेवा प्रदान गर्ने जनाएको छ।

२०७९ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित