प्रदेश र संघीय चुनाव मंसिरभित्र हुनुपर्छ -विष्णु पौडेल

२०७९ जेठ १४ गते

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरभित्र प्रदेश र संघीय चुनाव हुनुपर्ने बताएका छन्।
आज शनिबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले यस्तो बताएका हुन्। वर्तमान सरकारलाई चुनावी सरकारको संज्ञा दिँदै उनले भने, ‘मंसिरभित्र निर्वाचन गरिसक्नुपर्ने संवैधानिक अभिभारा छ।’
पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले मंसिरमा हुने चुनावबाट आउने सरकारलाई बोझ थप्ने र पपुलिस्ट कार्यक्रम नल्याउन सरकारलाई आग्रह गरे।

२०७९ जेठ १४ गते
प्रतिक्रिया
सम्बन्धित