बागलुङमा दुई दृष्टिविहीनलाई आर्थिक सहयोग
काठमाडौँ । एकै परिवारका दुई दृष्टिविहीन युवालाई आर्थिक सहयोग गरिएको छ।
रोजगारीको लागि आएरल्यान्ड गएका बागलुङका व्यक्तिहरूले बागलुङ नगरपालिका–६ स्थित लङ्गाउका दुई युवालाई आर्थिक सहयोग गरेका हुन्। युवा अवस्थामा आँखा गुमाएका ४२ वर्षीय खीमबहादुर थापा र ३४ वर्षीय अम्बरबहादुर थापालाई हाल आएल्यान्डमा रहेका अशोक मगर ‘प्रेम’ को पहलमा सङ्कलन भएको रु. ९० हजार ८२१ सहयोग हस्तान्तरण गरिएको छ।
बागलुङ समाज आल्यारण्डमा आबद्ध व्यक्ति र रोजगारीका लागि सोही स्थानमा रहेको जिल्लावासीबाट रकम सङ्कलन गरिएको थियो। आर्थिक अवस्था कमजोर रहेका ती दृष्टिविहिनलाई सानी आमा र बुवाले हेरचाह गर्दै आएका छन्। चौधजनाको परिवार भएको र अर्थोपार्जन न्यून भएकाले उनीहरुलाई रेखदेख गर्न समस्या हुँदै आएको छ।
बिहानदेखि बुलेकासम्म उनीहरूको रेखदेख, स्यारसुसार गर्नमै समय लाग्ने भएको र एक जनाको कमाइबाट मात्र ठूलो परिवारको पालनपोषण गर्नुपर्ने बाध्यता भएको सानी आमा डिलकुमारी थापाले बताइन्। बाइस वर्षको उमेरदेखि दुवैले आँखाको ज्योति गुमाएका थिए।
रकम हस्तान्तरण गर्दै नेत्र ज्योति सङ्घका जिल्लाअध्यक्ष भरत पुरीले युवा अवस्थामा दृष्टिविहीन भए पनि परिवारसँगै विदेशमा रहेका नेपालीको सहयोगबाट जीवनयापनमा केही सहज भएको बताए।